शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाडपर्वमा राजधानी छोड्ने घरधनीले प्रहरीलाई जानकारी दिनुपर्ने

चाडपर्वमा राजधानी छोड्ने घरधनीले प्रहरीलाई जानकारी दिनुपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चाडपर्वको बेला बाहिर जाने काठमाडौका घर धनीहरुले अनिवार्य रुपमा प्रहरीलाई खबर गर्नुपर्ने भएको छ।

दशैं, तिहार तथा छठ पर्वका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले तयार पारेको सुरक्षा योजनामा काठमाडौं बाहिर जाने घरधनीहरुले अनिवार्य रुपमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।

दशैं, तिहार तथा छठ मनाउन काठमाडौंको घर छाडेर पुख्र्यौली घर जाँदा घरमा चोरीलगायतका घटना हुन सक्ने भएकाले सबै घरधनीहरुले घर छाडेर गएको जानकारी नजिकको प्रहरी कार्यालयलाई दिन अनुरोध गरेको छ। साथै, प्रहरीले घरमा काम गर्ने कामदार र सुरक्षाका लागि खटाइएका व्यक्ति (सुरक्षा गार्ड) छन् भने सो बारे पनि जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।

यसअघिका वर्षमा चाडपर्व मनाउन पुख्र्यौली घर जाने व्यक्तिको काठमाडौंका घरमा चोरी हुने घटना अत्यधिक देखिएकाले यो वर्ष यस्ता चोरीका घटना नहोउन् भनेर घरधनीसँग नै समन्वय गर्ने योजना बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

चाडपर्वमा घर छोडेर जाने सबै घरधनीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिए त्यसबारेमा जानकारी हुने र जहाँ घर खाली हुन्छ, त्यहाँ प्रहरीलाई विशेष निगरानी राख्न सजिलो हुने सुवेदीले बताए।

एसएसपी सुवेदीका अनुसार सुरक्षा योजनाअन्तर्गत दशैं, तिहार र छठ पर्वका बेला नियमितभन्दा २५ प्रतिशत बढी प्रहरी जनशक्ति परिचालन हुनेछन्। ‘चाडपर्वका बेला हामीले नियमित प्रदान गरिरहेको जस्तै सुरक्षा प्रदान हुन्छ तर, परिचालनको अवस्था भने अलि फरक हुन्छ,’ सुवेदीले भने, ‘लामो अध्ययन र अनुसन्धान गरेर सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र पहिचान गरेका छौं।’ जुन ठाउँमा प्रहरीको विशेष निगरानी हुने उनले जानकारी दिए।

प्रहरीले काठमाडौंका बिभिन्न १४ ठाउँहरुलाई सुरक्षा संवेदनशीलताका आधारमा ‘भिन्न भिन्न एरिया’ का रुपमा विभाजन गरिएको छ । यस्ता एरियामा परिचालन हुने प्रहरी टोली पनि सुरक्षा संवेदनशीलताका आधारमा निर्धारण गरिएको सुवेदीले बताए। 

पैदल, मोटरसाइकल र गाडी जान सक्ने अवस्था हेरेर गस्ती टोलीलाई पनि त्यही अनुसार तयारी अवस्थामा राखिने सुवेदीले जानकारी दिए।

जसमा पैदल गस्ती ६० ठाउँमा, ३५ वटा साइकल गस्ती टोली, ३ वटा मोटरसाइकल गस्ती टोली, ४६ वटा सिआरभी (क्विक रेस्पोन्स टिम) र ४ वटा मोबाइल गस्ती टोली, हतियारसहितको मोबाइल गस्ती ५३ वटा र सादा पोशाकका रुपमा ७० जना सुराकीहरु पनि परिचालन गरिने सुवेदीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।