आइतबार, साउन १७, २०८३

नेपालका ६८ प्रतिशतभन्दा बढी व्यक्तिमा कोभिड-१९ एन्टिबडी बन्यो : अध्ययन

नेपालका ६८ प्रतिशतभन्दा बढी मानिसमा कोभिड-१९ एन्टिबडी बनेको देखिएको एक अध्ययनले देखाएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं- नेपालका ६८ प्रतिशतभन्दा बढी मानिसमा कोभिड-१९ एन्टिबडी बनेको देखिएको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सर्वेक्षणले ६८.६ प्रतिशत मानिसमा कोभिड-१९ एन्टिबडी बनेको देखाएको हो। 

महाशाखाले २०७८ असार २१ गतेदेखि साउन ३० गतेसम्ममा १३ हजार १६१ जनाको परीक्षण गरी गरेको अध्ययनले यस्तो देखाएको हो। ६ महिनाभन्दा बढी उमेरका व्यक्तिलाई समेटी गरिएको सर्वेक्षणमा सबै उमेर समूहमा समान रूपमा एन्टिबडी विकसित भएको अध्ययनको निष्कर्ष छ। 

त्यस्तै सबै प्रदेशका व्यक्तिमा करिब समान रूपमा एन्टिबडी देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ। 

मन्त्रालयले समुदायस्तरमा कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक कार्ययोजना बनाउन 'सेरो सर्भे' गरेको थियो।

प्रकाशित: Aug 29, 2021| 17:49 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्