शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेडियो नेपालमा श्रमजिवी ऐन लागू गर्न माग गर्दै प्रदर्शन 

रेडियो नेपालमा श्रमजिवी ऐन लागू गर्न माग गर्दै प्रदर्शन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट निष्कासित पत्रकारको पुनर्बहाली र श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै राजधानीसहित रेडियो नेपालका सबै प्रसारण केन्द्रमा बिरोध प्रदर्शन गरेको छ।

महासंघको आयोजनामा रेडियो नेपालका पाँचवटै प्रसारण केन्द्र र काठमाडौंको अनामनगरमा आइतबार धर्नाससहित बिरोध प्रदर्शन गरिएको हो।

केन्द्रीय समितिको निर्णय बमोजिम रेडियो नेपालमा श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागू गर्न र रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल, डोटीमा कार्यरत तीन जना पत्रकारको पुनर्बहालीको माग गर्दै प्रदर्शन गरिएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए। 

देशभरका श्रमजीवीको रोजगारी नखोस्न रेडियो व्यवस्थापनलाई दबाब दिँदै प्रदर्शन गरिएको हो।

रेडियो नेपाल व्यवस्थापनले दिपायलमा लामो समयदेखि कार्यरत सुनिता रावल, चक्र कुँवर र प्रकाश बमलाई निष्कासन गरेको बिरोधमा महासंघले बिरोधका कार्यक्रम गर्दै आएको छ।

बर्दिवासस्थित रेडियो नेपालमा धर्ना

रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निकालिएका पत्रकारहरुको पुनर्वहालीको माग गर्दै पत्रकारहरुले महोत्तरीस्थित रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिवासमा पत्रकारहरुले धर्ना दिएका छन्।

बर्दिवासको गौरीडाँडास्थित सेनाको ब्यारेकभित्र रहेको रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालको मुल ढोका बन्द गरेर आइतबार पत्रकारहरुले धर्ना दिएका हुन्।

रेडियो नेपालबाट निकालिएका तीन जना पत्रकारहरुको बिना शर्त पुनर्वहाली, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलगायतका माग राख्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अगुवाइमा पत्रकारहरुले एक घण्टा धर्ना दिएका हुन्। धर्नामा बस्न गएका पत्रकार र सुरक्षाकर्मीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो।

महासंघका महोत्तरी शाखा अध्यक्षक मलेश मण्डलको नेतृत्वमा भएको धर्नामा केन्द्रीय सदस्य देवकुमार यादव, शैलेन्द्र झा, अवधेश झा, पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णलगायत एक दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो। 


दिपायलमा पनि धर्ना
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।