शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गच्छदारसँगको एकीकरण टुंगाउन कांग्रेस केन्द्रीय समिति

गच्छदारसँगको एकीकरण टुंगाउन कांग्रेस केन्द्रीय समिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  दुई वर्षअघि विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच भएको एकीकरण प्रक्रिया टुंगाउन कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

असोज १० गते एक बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा समायोजन प्रक्रिया टुंगोमा पुर्‍याइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनका अनुसार एनपी साउद नेतृत्वको समितिले भातृ संगठनहरुको विषयमा गरेका कामको प्रगतिका विषयमा पनि बैठकमा छलफल हुनेछ भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको पनि समिक्षा हुने छ।

उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिको प्रतिवेदन अनुसार समायोजन प्रक्रिया टुँगो लगाउने निष्कर्षमा कांग्रेस नेताहरु पुगेका हुन्। सोही निष्कर्षलाई केन्द्रीय समितिबाट पारित गर्ने बुझिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।