शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टिकापुर घटनाका मुद्दा फिर्ता गर्ने सहमति भएको छ : प्रचण्ड 

टिकापुर घटनाका मुद्दा फिर्ता गर्ने सहमति भएको छ : प्रचण्ड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाका झुठा मुद्दा फिर्ता हुने बताएका छन्।

टिकापुर घटनाका झुठा मुद्दा फिर्ता गर्ने बालुवाटारमा सैद्धान्तिक सहमति भएको र प्रक्रिया अगाडि बढेको प्रचण्डले बताए। 

सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा जितिया पर्वको अवसरमा आयोजित एक सभामा बोल्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन्। 

टिकापुर घटनामा जोडिएका रेशम चौधरीको नाम नलिई प्रचण्डले भने, ‘झुठा मुद्दा फिर्ता लिएपछि थारुहरु बन्धनबाट मुक्त हुनेछन्।’

यसैगरी, प्रचण्डले गणतन्त्रविरुद्ध आएका अभिव्यक्तिलाई स्वीकार गर्न नसकिने बताए। 

राजा महाराजाहरुले पर्दा पछाडिबाट चलखेल गरेको भन्दै प्रचण्डले स्वतन्त्रताको नाममा नकारात्मकता फैलाउने छुट नभएको बताए।

गणतन्त्र बिरोधी अभिव्यक्तिको बिरोधमा नेकपा र नेपाली काङ्ग्रेसको एकै बोली भएको पनि प्रचण्डले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।