शुक्रबार, साउन २९, २०८३

हतियार ओसारपसारमा संलग्न चार जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रहरीले हतियार ओसारपोसारमा संलग्न रहेको आरोपमा धनुषाबाट चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धनुषा विदेह नगरपालिका–६ बस्ने २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, वर्ष १९ का सोबिन मण्डल, सोही नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय अविनाश मण्डल र सिरहा औरही गाउँपालिका–६ घर भई हाल धनुषाको विदेह नगरपालिक–६ बस्ने ३५ वर्षीय मिश्रीलाल मण्डल रहेको प्रहरीले जनाएको छ।

अविनाशले आफ्नो घरमा कटुवा पेस्तोल राखेको भत्रे सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरही र गिद्दाबाट खटेको प्रहरी टोलीले अविनाशको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल बरामद गर्यो।

पक्राउ परेपछि अविनाशले दिएको बयानको आधारमा प्रहरीले अन्य तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।

चारैजना हतियार ओसापसार कार्यमा संलग्न देखिएको अनुसन्धानबाट फेला परेको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका चारै जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।