शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित पाँचजना कर्जा हिनामिना आरोपमा पक्राउ 

बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित पाँचजना कर्जा हिनामिना आरोपमा पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट रु. ५ करोड कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।

ब्यूरोका अनुसार उनीहरूलाई विभिन्न समयमा राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । 

श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड रुपैयाँ कर्जा दिइएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

उनीहरुमाथि बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने प्रहरीको तयारी छ ।  नक्कली धितोका आधारमा कर्जा निष्कासन भएपछि बैंक अफ काठमाडौंले प्रहरीमा निवेदन दिएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।