शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्याग्दीमा बाढीले दुई बालिका बगायो, विद्यालयसहित ८ घर पुरिए

म्याग्दीमा बाढीले दुई बालिका बगायो, विद्यालयसहित ८ घर पुरिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

म्याग्दी- भिषण वर्षापछि शनिबार राति बेनी नगरपालिका-२, स्थित कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्।

बाढीले बगाउँदा स्थानीय १० वर्षीया प्रविना परियार र ठूली आमाको घरमा पाहुना बस्न आएकी ७ वर्षीया अनुस्का परियार बेपत्ता भएकी हुन्।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रविना स्थानीय बेनी माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन्। अनुस्का पनि सोही विद्यालयमै अध्ययनरत छिन्। 

यस्तै, बाढीले एक विद्यालयसहित ८ घर ध्वस्त पारेको छ । बाढीले बुद्ध बोर्डिङ सेकेण्डरी स्कुल ध्वस्त पारेको हो। स्कुलको होस्टेल भवनको भुइँ तलामा क्षति पुगे पनि होस्टेलका सबै ३० विद्यार्थी भने सकुशल छन्।

बाढीले दीपक जुग्जालीको घर, पसल र कुखुरा फार्म, सेते सार्की, कलिमान दर्जी, रामाया परियार, पार्वती परियार, गुप्ते दर्जी र रेशम दर्जीको घर बगाएको स्थानीयले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।