आइतबार, फागुन २४, २०८२

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकुको मृत्यु

यमनको सबैभन्दा ठूलो सैन्य हवाई अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं अन्य घाइते भएका छन्।
 |  आइतबार, भदौ १३, २०७८

एएफपी

एएफपी

आइतबार, भदौ १३, २०७८

काठमाडौं– यमनको सबैभन्दा ठूलो सैन्य हवाई अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं अन्य घाइते भएका छन्।

National life

 उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठहर्‍याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकु समूहले जानकारी गराएको छ।

‘आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्’, यमनी सशस्त्र लडाकु समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गरे। उनले आक्रमणमा हुथीहरूको हात रहेको दाबी गरेका छन्।

सैनिक चिकित्सकले घटनापछि दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताए पनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन्। घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूले बताए। हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन। एएफपी

प्रकाशित: Aug 29, 2021| 17:18 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।