शुक्रबार, साउन २९, २०८३

भाषण गर्दा गर्दै राजपाका उपाध्यक्षको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरी भाषण गर्दा गर्दै मृत्यु भएको  छ।
 
शनिबार पार्टीको ललितपुर जिल्ला भेलालाई सम्बोधन गरिराखेका उपाध्यक्ष चौधरी अचानक ढलेसँगै मृत्यु भएको हो ।
 
राजपाका महासचिव केशव झा का अनुसार उनलाई अचानक हृदयघात भएर ढलेका थिए । उनलाई तुरुन्त उपचारका लागि भैसेपाटीस्थित मेडिसिटी अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएलगतै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।
 
महासचिव झाले नेपाल समयसँग भने– 'उहाँ शनिबार दिउसो ३ बजे तिर पार्टीको जिल्ला भेलामा बोल्दै हुनुन्थ्यो । अचानक ढल्नु भयो । अस्पताल लगियो । तर, बचाउँन सकिएन ।' 

महासचिव झाले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उपाध्यक्ष चौधरीको निधनको जानकारी गराउँदै श्रद्धान्जली व्यक्त गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।