काठमाडौं- तेस्रो संस्करणको साफ यु-१८ फुटबल च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै छ। खेल हलचोकस्थित एपीएफको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।
नेपाल भुटानलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल पुग्ने योजनामा मैदानमा उत्रिने छ। बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ।
यता भुटान भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै सुखद सुरुवात गर्न चाहन्छ। भुटानलाई समूह ‘ए’ मा बलियो टोलीको रूपमा हेरिएको छ। पछिल्लो समय युवा परियोजना र ग्रासरुट फुटबलमा ठूलो लगानी गरिरहेको भुटान अन्तर्राष्ट्रिय फुटबलमा खराब नतिजाको छवि बदल्ने अभियानमा छ। त्यसैले पनि नेपाललाई भुटानमाथि जित निकाल्न त्यति सजिलो हुने छैन।
नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो। समूह ‘ए’ मा रहेका माल्दिभ्स र नेपालको समान १ अंक छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४