काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार २१४ जना र एन्टिजेन परीक्षणबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १० हजार २९७ परीक्षण भएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २६० जना कोरोनामुक्त भएका छन्। आइतबार देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित छन्।