काठमाडौं- साझा पार्टीले कर्णाली प्रदेशबाट काठमाडौ उपत्यकामा वसोवास गरिरहेका नेता-कार्यकर्ता समेटेर साझा मन्च गठन गरेको छ।
कर्णाली प्रदेशका १० जिल्लाका साझा मन्च संयोजकहरु घोषणा गर्न आयोजित समारोहमा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले नव नियुक्त संयोजकहरुलाई माटोको टिका लगाएर पदस्थापन गरेका हुन्।
कर्णाली प्रदेश अन्तरगतका १० वटै जिल्लाका जिल्ला–काठमाण्डौ साझा मञ्चका संयोजक घोषणा भएको छ।
भेलाले जुम्लामा राज बहादुर रोकाया, दैलेखमा ज्ञानेन्द्र शाही, कालीकोटमा प्रकाश विष्ट, हुम्लामा भिम बहादुर फडेरा, जाजरकोटमा अर्जुन रोकाया, सुर्खेतमा कल्पना पन्त, रूकुममा प्रदिप मल्ल डोल्पामा पूर्ण हमाल र सल्यानमा पुरन रेउले क्षेत्रीलाई साझा सम्पर्क मन्चको संयोजक चयन गरेको हो।
घोषणा समारोहमा कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल, ३ नं प्रदेश संयोजक समिक्षा वाँस्कोटा, १ नं प्रदेश संयोजक अनिल भेटवाल, केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, अब्दुश मिया, केशब दाहाल, नारायण कोइराला लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
कर्णाली-काठमाडौ साझा मन्चको संयोजकमा यसअघिनै पवन मल्ल चयन भईसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४