शुक्रबार, साउन २९, २०८३

नेकपाले टुंगो लगायो महानगरका अध्यक्ष र सचिव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले देशभरका ६ वटा महानगरका अध्यक्ष र सचिव टुंगो लगाएको हो। 

जसमा काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन्।

त्यस्तै ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक कोइराला सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन्। 

भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन्।

नेकपामा पार्टी एकीकरण अन्तर्गत अब पोलिटब्युरो तथा केन्द्रीय सदस्यको कार्यविभाजन लगायतका काम बाँकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।