शुक्रबार, साउन २९, २०८३

भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ।

‘नेपालका लागि नेपाली’ अभियानको आयोजनामा माइतीघर मण्डलाबाट शूरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई संवोधन गर्ने दर्जन बढी वक्ताले देशका हरेक क्षेत्रमा भ्रष्टाचार बढेकोले सरकारले नियन्त्रण गर्नुपर्ने बताए। 

केन्द्र, प्रदेश, स्थानीय तीनवटै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै वक्ताहरुले भ्रष्टाचार नियन्त्रण नगरे देश आर्थिक रुपमा असफल राष्ट्र घोषणा हुने औँल्याए। 

अभियानका संयोजक ज्ञानेन्द्र शाहीले जताततै भ्रष्टाचारले देश गह्नाएको बताए। ‘भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका बिरोधमा आफूहरुले बोल्दा सरकारले लोकतन्त्र खतरामा पर्छ भनेर हल्ला फैलाउने गरेको छ’, शाहीले भने, ‘देशभरका स्थानीय निकायको मात्र छ खर्ब बेरुजी छ।’ एनसेल, वाईडवडी, मेलम्चीमा अर्बौ भ्रष्टाचार भएको पुष्टि भैसकेको भन्दै शाहीले सरकार नै भ्रष्टाचारलाई सस्थागत रुपमा विकास गर्न लागेको आरोप लगाए। 

जनताले तिरेको करको व्यापक दुरुपयोग भैरहेको भन्दै उनले यदि करको सदुपयोग नभए जनताले एक रुपैँया पनि कर नतिर्ने दिन छिट्टै आउने बताए। युवा शक्ति विदेशमा बेच्ने काम सरकारबाट भएको भन्दै शाहीले जबसम्म यो कार्य रोकिँदैन तब सम्म देश बिकास नहुने ठोकुवा गरे। 

युवासंघले आफूलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेर संविधान विपरित नागरिकलाई देशभित्र निर्वाद रुपमा हिँडडुल गर्न पाउने र अभिव्यक्ति राख्न पाउने अधिकारीको उलंघन गरेको उनले बताए। 
कोणसभालाई बरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीलगायत एक दर्जन बढीले सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।