दाङ- जिल्लामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । दुर्घटनामा घोराही उपमहमानगरपालिका-९ का २५ वर्षीय मनोज विक र सोही नगरपालिकाको वडा नम्बर ५ का २५ वर्षीय दीपक विकको ज्यान गएको हो ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा४प ७४९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोकिएको थियो । दुर्घटनामा घाइते दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४