शुक्रबार, साउन २९, २०८३

ताजिकिस्तानसँग नेपालको लज्जास्पद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले ताजिकिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ। शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो। 

खेलको पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो। यस जितसँगै ताजिकिस्तानले आफ्नो अपराजित यात्रा कायम राखेको छ। ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ। समान खेल खेलेको नेपालको दुई हार र एक बराबरीसँगै १ अंक छ। 

यसअघि पहिलो खेलमा जोर्डनसँग ७-० ले पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसँग १-१ को बराबरी खेलेको थियो। छनोटको समूह 'ए' मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ। 

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।