शुक्रबार, साउन २९, २०८३

खेलमैदानमा पनि नेताकै परेड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शनीबार काठमाडौंबाट प्रकाशीत राष्ट्रिय दैनिकले भिन्न भिन्न विषयवस्तुका समाचारलाई आफ्नो प्राथमिकतामा राखेका छन्। 

नयाँ पत्रिका दैनिकले खेलमैदानमा पनि नेताकै परेड शिर्षकको समाचारलाई शनिबार विशेष भन्दै प्रकाशीत गरेको छ भने। नयाँ पत्रिकाले नै तय भयो सी जिनपिङको राजकीय भ्रमण : असोज अन्तिम साता काठमाडौं आउने, एक रात बसेर बेइजिङ फर्किने शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै कान्तिपुरले यार्चा बेचेर मोटरसाइकल र झिनामसिनामै अल्झिए मुख्यमन्त्री शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ। 

खेलमैदानमा पनि नेताकै परेड शिर्षकमा नयाँ पत्रिका लेख्छ, सार्वजनिक रुपमा दल र तिनका नेता खेलकुदलाई राजनीतिमुक्त बनाउने प्रतिबद्धता पटकपटक गर्छन्। तर, व्यवहार ठीक उल्टो छ। खेलकुदका तल्ला निकायम्म चर्को राजनीतिक हस्तक्षेप छ। राष्ट्रिय राजनीतिमा चर्चा र ख्याती दुवै कमाएका नेतासमेत खेलकुदको राजनीतिमा प्रत्यक्ष सहभागी छन्। जसले खेलकुद क्षेत्रलाई भद्रगोल बनाएको छ। नेपाल प्रहरीका आइजिपी, बैंकर, व्यापारी र गुन्डानाइकेसम्म पनि खेलकुद संघलाई नेतृत्व गरिरहेका छन्।

यस्तै नयाँ पत्रिकाले नै चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने समाचार प्रकाशन गरेको छ। नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन्। उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका रहेको छ। तर, दुवै पक्षले मिति भने खुलाएका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।