शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन उपप्रधानमन्त्रीको चेतावनी

राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन उपप्रधानमन्त्रीको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

झापा- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन्।

उनले जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने बताए।

‘जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ’, मन्त्री पोखरेलले भने, ‘मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ।’

झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट निर्वा्चित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए।

उनले भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पारे। उनले भने, ‘भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन।’

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले झापा राजनीतिक जागरणको केन्द्रविन्दु रहेकाले जनतालाई भड्काएर आफ्नो अभिष्ट पूरा गर्न गणतन्त्र विरोधी यहीँबाट सल्बलाउन थालेको बताए।

कार्यक्रममा १ नम्बर प्रदेशका इञ्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य सुरेन्द्र कार्की, सांसदहरु धर्मशीला चापागाईं, जसमाया गजमेरलगायतले संविधान दिवसमा शुभकामना व्यक्त गरेका थिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।