शुक्रबार, साउन २९, २०८३

प्रदेश ५ मा संविधान दिवस (फोटो फिचर) 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – संविधान दिवसको अवसर पारेर प्रदेश ५ सरकारले विभिन्न कार्यक्रम गरेको छ। प्रदेश सरकारको आह्वानमा मनाइएको संविधान दिवसमा कर्मचारी, विभिन्न संघसंस्थालगायत सर्वसाधारणाहरुको उपस्थिति रहेको थियो।

आज विहान बुटवलमा बाजागाजा, झाँकीसहित र्‍यालीसमेत निकालिएको छ। र्‍यालीमा विभिन्न समुदायको संस्कृति झल्कीने सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए। र्‍यालीमा प्रस्तुत गरिएका ९६ झाँकीमध्ये उत्कृष्ट १० लाई पुरस्कृत समेत गरिएको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले नेपालको वर्तमान संविधान विश्वकै उत्कृष्ट मध्ये एक भएको दाबी गरे।

संघीय सरकारले संविधान दिवस मनाईरहँदा राजपाले भने असन्तुष्टि व्यक्त गरेको छ। तर प्रदेश ५ का केही ठाउँमा विरोध प्रदर्शन भएपनि ती शान्तिपूर्ण रुपमा सम्पन्न भएका प्रदेश ५ प्रहरीले बताएको छ। 

संविधान दिवसको अवसर पारेर प्रदेश ५ सरकारले ३५ जनालाई पदक दिने घोषणा गरेको छ। बुटवलमा सम्पन्न मन्त्रिपरिषद् वैठकले विभिन्न व्यक्तित्वहरुलाई पदक दिने घोषणा गरेको हो। 













प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।