मकवानपुर- कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा शुक्रबार (आज)देखि सवारीसाधन आवागमन बन्द गरिएको छ ।
सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन असोज ११ गतेसम्मका लागि बन्द गरिएको जनाइएको छ ।
कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता समितिका अनुसार शुक्रबारदेखि यो बाटोको विकल्पका रुपमा कुलेखानी–सिस्नेरी सडकमा हुँदै यातायात सञ्चालन गरिने छ ।
यो सडक हेटौँडा काठमाडौं आवतजावत गर्न प्रयोग गरिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४