शुक्रबार, साउन २९, २०८३

यसरी मनाइँदैछ संविधान दिवस : यस्ता छन् चुनौती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सात दशक लामो सपना पुरा गर्दै जनताले जनताका  लागि  संविधान बनाएको ४ वर्ष पुगेको छ । 

२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ संविधान पाएको थियो । तत्कालिन माओवादीले २०५२ सालबाट सुरु गरेको शसस्त्र युद्ध र २०६२÷६३ मा भएको दोस्रो जनआन्दोलनको बलमा संविधान निर्माणको जग बसेको थियो । 

यहि आन्दोलनपछि २०६४ चैत्र २८ गते पहिलो संविधान सभाको निर्वाचन भएको थियो । तर, यो निर्वाचनपछि गठन भएको पहिलो संविधान सभाले ४ वर्षसम्म संविधान दिन सकेन । त्यसपछि पुनः २०७० मंसिर ४ गते दोस्रो संविधान सभाको चुनाव भयो ।
 
दोस्रो संविधान सभाले भने २ वर्षमा अर्थात २०७२ असोज ३ गतेका दिन संविधान जारी गरेको थियो । यो नै जनता आफैले जारी गरेको पहिलो संविधान हो । यद्यपी यसअघि मुलुकमा ६ वटा संविधान बनिसकेका थिए । 
 
जनता आफैले संविधान बनाएको चार वर्षमा कार्यान्वयनका विभिन्न चरण पार भएका छन् । 

सुरुमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन सम्पन्न गरेर पहिलो वर्ष संवैधानिक संरचना निर्माण भएका थिए । दोस्रो वर्षमा तीनवटै तहको निर्वाचन सम्पन्न भए । 

मौलिक हकसम्बन्धी दर्जनौं कानुन बनेर कार्यान्वयन चरणमा छन् । संविधानसँग बाझिएका कानुन गत वर्ष संसद्ले सर्वसम्मत पारित गर्‍यो ।

स्वतन्त्र मधेसको माग गरिरहेको सीके राउत समूह पनि संवैधानिक प्रक्रियामा प्रवेश गर्‍यो । यद्यपी मधेसवादी दल र विप्लव समुह संविधानको विपक्षमा बोलिराखेका छन् । 

संविधान कार्यान्वयनसँग जोडिएको संक्रमणकालीन न्याय प्रक्रिया भने टुंगिन बाँकी छ । १० वर्षे सशस्त्र युद्धताका पीडितले न्याय नपाएको भन्दै राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय समुदायबाट सरकार र परिवर्तनप्रति अनेक हल्ला फिँजाउने काम रोकिएका छैनन् । जसका कारण यसको कार्यान्व्यनमा चुनौतीपूर्ण बन्दै गएको छ । 

के हुँदैछ संविधान दिवसमा ? 

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाउन सरकारले आह्वान गरेको छ । 

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।

संविधान दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिँदैछ । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । 

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवं नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । 

संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।