आइतबार, चैत ८, २०८२

सीओई पाएका विद्यार्थीलाई जापान जाने बाटो खोलिदिन सरकारलाई जालसानको ज्ञापन

जापानीज भाषा स्कुल संघ नेपाल (जालसान) ले जापानमा अध्ययनका लागि अनुमतिपत्र (सीओई) प्राप्त गरेका विद्यार्थीलाई ने
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– जापानीज भाषा स्कुल संघ नेपाल (जालसान) ले जापानमा अध्ययनका लागि अनुमतिपत्र (सीओई) प्राप्त गरेका विद्यार्थीलाई नेपाल सरकारले प्रदान गरेको खोपको प्रक्रिया पूरा गरी अध्ययन गर्न जाने वातावरण मिलाइदिन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। 

National life

आइतबार जालसान उपाध्यक्ष निवेश डंगोल, महासचिव रमेश देवकोटा, सचिव अरुण पाण्डे र कोषाध्यक्ष महेश श्रेष्ठ लगायतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर जापान अध्ययनका गर्न जाने विद्यार्थीलाई जापान सरकारद्वारा जारी गरिएको भ्याक्सिन पासपोर्टमा नेपालीलाई पनि सहभागी गराउन कूटनीतिक पहलको लागि ज्ञापनपत्र बुझाएका हुन्।

जालसान कोषाध्यक्ष श्रेष्ठले पासपोर्टमा भ्याक्सिनेटेड भएको भनेर उल्लेख गरेको विद्यार्थीलाई अन्य देशका विद्यार्थीलाई जस्तै नेपालबाट पनि प्रवेशमा अनुमति दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको बताए। भने ,‘विद्यार्थी लामो समयदेखि अध्ययनका लागि अनुमति पाएर पनि जान पाएका छैनन्। उनीहरुले खोप लगाएर यहाँको प्रक्रिया पूरा गरेर जापानमा पनि यस्ता खोप लगाएको पासपोर्टमा उल्लेख भएका विद्यार्थीलाई अरु देशको विद्यार्थी सरह जान दिने वातावरण बनाउन भनेका हौँ। अन्य पेशा व्यवसायमा आवद्ध भएकाले खोप लगायपछि जान पाए पनि विद्यार्थीलाई पनि भ्याक्सिन पासपोर्ट नदिँदा समस्या भएको छ।’

यसअघि जालसान प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाली विद्यार्थीलाई जापान अध्ययनमा जाने बाटो खोलिदिन आग्रह गरेका थिए।

प्रकाशित: Aug 29, 2021| 15:42 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्