शुक्रबार, साउन २९, २०८३

६५ हजार घुससहित सहायक वन अधिकृत पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – वनको मुद्दा मिलाइदिने आश्वासन दिएर सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा सहायक वन अधिकृत परशुराम चौधरी पक्राउ परेका छन्। उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

सब डिभिजन कार्यालय प्रतापपुरमा कार्यरत सहायक अधिकृत चौधरीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय परासीको परिसरबाटै पक्राउ परेका हुन्।

अख्तियारको कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले सहायक वन अधिकृत चौधरी ६५ हजार नगद घुस रकमसहित परासीबाट पक्राउ परेको र उनीमाथि छानबिन सुरु भइसकेको बताए।

घुसवापतको रकम लिन चौधरीले सरकारी वकिलको कार्यालयलाई प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।