शुक्रबार, साउन २९, २०८३

आइपुग्यो भीभीआईपी चढ्ने डेढ अर्बको हेलिकप्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल सरकारले भीभीआईपीका लागि खरिद गरेको नयाँ  हेलिकप्टर काठमाडौं आइपुगेको छ ।

दिउँसो १२ बजेर ५३  मिनेटमा काठमाडौ ओर्लिएको उक्त हेलिकोप्टर रु. १ अर्ब ४० करोड मूल्यको हो।

इटालीमा बनेको उक्त अगुस्टा हेलिकोप्टर ४६ घन्टाको उडानपछि बिहिबार दिउँसो  काठमाडौं ल्याइएको हो । हेलिकप्टरको सञ्चालन नेपाली सेनाले गर्नेछ ।

साउण्डप्रुफ उक्त हेलिकप्टरका सिटहरु  बढी सुविधायुक्त छन् भने उडानका बेला यात्रुले पनि सजिलै सञ्चार गर्न सकिने सुविधा छ ।

सेनाको हरियो रंगमा नभई सेतो र रातो रंगको उक्त हेलिकप्टर  इटाली बाट दुबई, अवुधाबी,कराची,  बनारस हुदै काठमाडौ ल्याइएको हो ।  

कम्पनीका पाइलट सहित तालिम प्राप्त पाइलटको एक हप्ताको परीक्षण उडानपछि भीभीआईपीको सवारी गराउन सकिने नेपाली सेनाले जनाएको छ ।
 
नेपाली सेनाका प्रवक्ता ज्ञान बहादुर पाण्डेका अनुुसार यसको सञ्चालन नेपाली सेनाले गर्ने भए पनि नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ। 

९–एन–आरएएम कल साइन रहने उक्त हेलिकप्टरको सिट क्षमता ८ छ । यसलाई आरामदायी बनाउन सिटको संख्या घटाउन सक्ने सुविधा पनि छ ।

नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।