शुक्रबार, साउन २९, २०८३

‘आफै त सरकारले दीपावली मनाएको छैन, उर्दी जारी?’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारमा सहभागी सम्पूर्ण दलले नै संविधान दिवसमा दीपावली मनाउन नसकेको बताएका छन्।

संघीय संसदको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा बोल्दै महतोले भने, ‘पुरै सरकार आफैले दीपावली मनाउन पाइरहेको छैन। आधी सरकारले मनाउँछ, आधीले मनाउँदैन। अनि जनतालाई दीपावली मनाउन उर्दी जारी गर्ने?’

सुरुमा मधेसीले संविधान दिवस मनाउन नसकेको स्मरण गराउँदै महतोले भने, ‘हिजो मधेसीले दीपावली मनाएन, अब थारूले मनाउँदैन। आदिवासी जनजाति, दलितले पनि मनाउँदैन। अनि सरकारले उर्दी जारी गरेर हुन्छ?’

जनताले संविधान दिवस नमनाएको कुरामा सरकारले ध्यान राख्नु पर्छ। 

सत्तारुढ समाजवादी पार्टीप्रति लक्षित गर्दै महतोले भने, ‘हिजोसम्म कालो दिवस मनाउने अहिले सत्ता र कुर्सीको लागि चुपचाप लाग्नु भएन। संविधान संशोधनका लागि दुई बुँदे सहमति हामीसँग पनि गरेको थियो। तपाईँको दुई बुँदे बाटो मै छ। अनि सरकारमा कहिलेसम्म बस्ने?’

सम्पूर्ण नेपालीका लागि संविधान हुनु पर्ने बताउँदै महतोले संविधान संशोधन नभए यसअघिको ६ वटा संविधान जस्तै यो संविधान पनि फेल हुने दाबी गरे।

‘संविधान दिवस मनाउने हाम्रो हक होइन र? सबैले मनाउन पाउनु पर्दैन? अनि संविधान संशोधन नगरी कसरी सबैको हुन्छ?’ महतोले भने, ‘संविधानको विरोधमा सरकार काम गर्दैछ। संविधान विपरीत लोकसेवाको विज्ञापन निकाल्छ। सङ्घीयतालाई कमजोर पार्ने काम भइरहेको छ। अनि संविधान दिवस मनाउने? यो संविधानमाथि सबभन्दा बढी खतरा सरकारबाटै छ।’

नागरिकता विधेयक एक वर्षदेखि रोकिएकोमा आक्रोश व्यक्त गर्दै महतोले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको आलोचनासमेत गरे।

सभामुखको रुलिङ्गलाई पनि सरकारले वेवास्ता गरेको दाबी गर्दै महतोले भने, ‘तपाईको रुलिङ्गलाई पनि सरकारले लँगौटी लगाई दियो। तपाईंले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर गर भन्नु भयो। तर खोइ गरेको त सरकारले?’

लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको जेल जीवन बिताई रहेका सांसद रेशम चौधरी छुट्ने दाबी महतोले गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।