मंगलबार, असार १७, २०८२

अरिंगाल होइन मौरीको नीति लिनु पर्छ : भट्टराई

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अरिंगाल नभई मौरीको नीति लिनु पर्ने बताएका छन्।

संघीय संसदको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा बोल्दै भट्टराईले अरिंगाल जस्तो टोक्ने भन्दा पनि मौरी जस्तो मह जम्मा गर्ने र जम्मा भएको मह जोगाउन मात्र टोक्ने खालको नीति लिनुपर्ने बताए।

जनताको आन्दोलनबाट भएको उपलब्धीलाई रक्षा गर्नुपर्ने भएकोले अरिंगाल होइन मौरी बन्नुपर्ने उनले बताए।

भट्टराईले संविधान संशोधन नभए मुलुक ठूलो दुर्घटना फस्ने पनि चेतावनी दिए।

‘राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन अनुसार संघीय ढाँचामा जानु पर्छ।’ भट्टराईले भने, ‘पूर्ण समानुपातिक समावेशी र प्रमुख कार्यकारी राष्ट्रपति व्यवस्थामा संविधानस संशोधनमा ढिलाई गर्नु हुँदैन।’

निर्वाचन प्रणालीलाई सुधार गर्नु पर्ने बताउँदै उनले भने, ‘निर्वाचन महंगो भएको छ। निर्वाचनमा करोडौं खर्च गर्न हामीले विभिन्न ठेक्केदारसँग करोडौं रुपयौं लिन्छौं र पछि त्यसका लागि नजानिदो तरिकाले भ्रष्टाचार गर्छौ। त्यसलाई अन्त्य गर्नु पर्छ।’

अहिलेको उपलब्धि गुम्न सक्ने बताउँदै प्रतिक्रान्तिको सम्भावना पनि रहेको उनले बताए।

अन्तर्राष्ट्रिय तीनवटा ठूलो शक्तिको स्वार्थलाई ठीक ढंगले सम्बोधन गर्न आवश्यक रहेको भट्टराईले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।