शुक्रबार, साउन २९, २०८३

प्रजातन्त्रको लागि फेरि लड्ने समय आएको छ : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  प्रजातन्त्रको लागि फेरि लड्ने बेला आएको बताएका छन्। देउवाले संसदको चौथो अधिवेशनको समापनमा बोल्दै सरकारले प्रजातन्त्र विरोधी कामहरु गरिरहेकोले प्रजातन्त्रको लागि पुनः लड्नुपर्ने बेला आएको बताए।

उनले शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम तीनवटा निकाय भए पनि तीनै निकायमाथि सरकारले हस्तक्षेप गरेको र स्वतन्त्र र निष्पक्ष आयोगहरुमाथि पनि हस्तक्षेप गरेको दाबी गर्दै सरकारले विभिन्न निकायमाथि नियन्त्रण गरेर थप सशक्त हुन खोजेको स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा नै सबैभन्दा बढी भ्रष्टाचारहरु भएको समेत दाबी गरे। 

उनले भने, ‘ओली सरकारको पालामा नै सबैभन्दा बढी भ्रष्टाचार भएका छन्, बालुवाटार जग्गा प्रकरण, सुन काण्ड, वाइड बडी न्यारोबडीका प्रकरण लगायतका कयौँ भ्रष्टाचारका काण्ड बाहिर आएको छ। ति भ्रष्टाचारहरुको निष्पक्ष छानविन हुनुपर्छ। भ्रष्टाचार नियन्त्रणको लागि प्रतिपक्ष दलले सदा सहयोग गर्नेछ।’ उनले भने।

देउवाले सरकार बनेको डेढ वर्ष पुग्दासम्म संविधानको अपनत्वको प्रस्ताव समेत पारित नगरेको बताउँदै उनले सरकार संविधान विपरित काम गर्न उद्दत भइरहेको दाबी गरे। 

उनले जनताको सुसूचित हुन पाउने मौलिक हकमाथि प्रहार गरेको र संविधानको मुल मर्म विपरितका विभिन्न विधेयकहरु बहुमतको आधारमा पास गरिरहेकोले यसैगरी गएमा नेपाली कांग्रेस सदन र सडकबाट आन्दोलन सुरु गर्ने चेतावनी समेत दिए।

निर्मला हत्याकाण्ड, एसिड काण्ड, बाराको जिल्ला सभापतिमाथि हातपात भएको काण्ड लगायतका विभिन्न कुराहरु भइरहेको बताउँदै उनले सरकार अपराधहरुको तथ्यांक संकलन गर्ने निकाय जसरी बसेको आरोप लगाए। 

उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘तपाईको राज्यमा को सुरक्षित छ ?’ ७० वर्ष पुगेकी महिलालाई आक्रमण गरिएको छ, विना हातहतियार भेला हुन पाउने अधिकार, अभिव्यक्ति स्तन्त्रताको ग्यारेन्टी लगायत संविधानको मौलिक हक पनि यो सरकारले बन्देज लगाउन लागेको छ।’ 

देउवाले सरकारले सरकारी कर्मचारीलाई जनताको करबाट तलव खुवाएर कर्मचारी बनाएको बताउँदै यस्ता काम कुनै पनि हालतमा स्वीकार्न नसकिने स्पष्ट पारे। 

त्यस्तै उनले सरकार जवाफदेहिताबिहीन भएको बताउँदै आर्थिक समृद्धिको नारा कोरा मात्र भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।