शुक्रबार, साउन २९, २०८३

७ वर्षको बोनस एकैपटक बाँड्दै प्राधिकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ वर्षको बोनस एकैपटक बाड्ने भएको छ। प्राधिकरणले आफ्ना कर्मचारीलाई ७ आर्थिक वर्षको नाफाबाट एकैपटक एक अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस बाड्ने बताएको हो।
 
प्राधिकरणले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७४/७५ सम्मको नाफाबाट बोनस बाँड्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
 
प्राधिकरणका महानिर्देशक राजन पोखरलेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बोनस वितरणको निर्णय स्वीकृत भएको र अन्तिम स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाइएको जानकारी दिए। उनले सेवा प्रदायकको हैसियतले प्राधिकरणको नाफा खुलाउन लागेको जानकारी दिए।
 
प्राधिकरणले अहिले हवाइ सेवा प्रदायक कम्पनीहरुको नियमनकारी र सेवा प्रदायक दुवै भूमिका निर्वाह गर्दै आएको छ। उनले सो बोनस कम्पनीले कूल नाफाको ९० प्रतिशत रकम रहेको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।