शुक्रबार, साउन २९, २०८३

हिजरी संवत्‌मा रक्तदान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – मुस्लिम समुदायको १४४१ औं नयाँ वर्षको अवसरमा रुपन्देहीमा ७० जनाले रक्तदान गरेका छन्। 

बुटवलस्थित रजा–ए मुस्तफा मस्जिद समितिको आयोजनामा सम्पन्न कार्यक्रममा ७० युनिट रगत संकलन भएको मस्जिद समितिका अध्यक्ष हाजी मकबुल मियाँले बताए। 

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस रुपन्देही सभापति अव्दुल रज्जाकले सबै धर्म र समुदायबीच एकता र सद्भाव दर्शाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी रहमद खाँन, सचिव अब्दुल सहमद, मदिना मदरसा मस्जिद प्रवन्ध परिषद्का अध्यक्ष सक्कुर मियालगायतले सामाजिक र धार्मिक सद्भाव नै आजको आवश्यकता भएको बताए।

सो अवसरमा मस्जिद समितिले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण, अनाथ बालबालिकाहरुलाई खाद्यान्न र लत्ता कपडा वितरण जस्ता सामाजिक कार्य गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।