शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'आइटीमा लगानी गर्नुस् नत्र चार वर्षको नाफा एक मिनेटमै स्वाहा होला'

'आइटीमा लगानी गर्नुस् नत्र चार वर्षको नाफा एक मिनेटमै स्वाहा होला'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुलाई आइटी क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। केही हप्ताअघि नेपालका विभिन्न बैंकहरुको सिस्टम ह्याक गरी एटिएमबाट एक चिनियाँ समूहले साढे तीन करोड बराबरको रकम निकालेपछि बैंकहरुको सुरक्षाका लागि गभर्नर नेपालले आइटी क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन्।
 
नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले बिहीबार गरेको कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले भने, ‘समयमा नै आइटी क्षेत्रमा लगानी गर्नुहोस् नत्र चार वर्षको नाफा एक मिनेटमा नै स्वाहा हुने दिन नआउला भन्न सकिदैन।’
 
उनले बैंकहरुलाई आइटी क्षेत्रमा लगानीको लागि राष्ट्र बैंकले आग्रह गरिरहेको र यदी नमानेमा निर्देशन नै जारी गरिने पनि बताए। उनले भने,‘बैंकहरुले आग्रह गर्दा मानेनन् भने राष्ट्र बैंकले निर्देशन नै जारी गर्न सक्छ।'

उनले राष्ट्र बैंकले संस्थागत सुशासन र कर्मचारी तालिममा जस्तै सूचना प्रविधि क्षेत्रमा पनि नाफाको निश्चित प्रतिशत लगानी गर्ने व्यवस्था गर्न लागेको बताए। 'साइबर अट्याक जहाँसुकै र जहिलेसुकै पनि हुनसक्छ। त्यसैले सूचना प्रविधिमा हामीले लगानी बढाउँदै लैजानु पर्छ। आइटीमा गरेको लगानी भनेको नाफाको लागि नै हो।’, उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।