शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवसेना अध्यक्ष भन्छन्, ‘हामीलाई थुन्दैमा हाम्रो माग कमजोर हुँदैन’

शिवसेना अध्यक्ष भन्छन्, ‘हामीलाई थुन्दैमा हाम्रो माग कमजोर हुँदैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– इन्द्र जात्राको दिन पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतसहित १० जना अहिले पनि प्रहरी हिरासतमा छन्।

इन्द्र जात्राको दिन राष्ट्रपति सहभागी हृुने कार्यक्रममा विरोध प्रदर्शन गर्न लागेको भन्दै काठमाडौंको न्यूरोड र वसन्तपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको थियो।

कालो पोसाक लगाएर विरोध प्रदर्शनको तयारीमा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यबहार अन्तरगतको मुद्दा चलाएको छ।

टेकुस्थित महानगरीय प्रहरी परिसरमा रहेका अध्यक्ष बस्नेतले भने, ‘नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने र राजतन्त्र पुनर्स्थापना हाम्रो माग हो, हामीलाई थुनेर हिन्दु धर्म मर्दैन।’

आफूहरुलाई थुन्दैमा धर्मको रक्षा र पुनर्स्थापनाको माग कमजोर नहुने उनले दाबी गरे । 

विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका शिव सेना नेपालका कार्यकर्ताहरुलाई सजग हुनसमेत अध्यक्ष बस्नेतले आग्रह गरे।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरुको रिहाईको माग गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।