शुक्रबार, साउन २९, २०८३

गल्फ टाइम्सको हेडलाइनः 'नेपाल आउनुस'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कतारको चर्चित पत्रिका गल्फ टाइम्सले नेपाल भ्रमण वर्षको समाचार प्राथामिकताका साथ प्रकाशित गरेको छ ।
 
बुधबारको अंकमा प्रकाशित समाचारमा गल्फ टाइम्सले नेपाल भ्रमण वर्षका लागि चार पृष्ठ लामो समाचार लेखेको हो ।
 
पर्यटन मन्त्री योगेश भट्टराईको अन्तर्वार्तासहित छापिएको समाचारको हेडलाइन छ 'नेपाल आउनुस'।
 
कतारमै बसेर बिगत साढे छ वर्ष देखि पत्रकारिता गरिरहेकी उषा वाग्ले गौतमको बाइलाइनमा लेखिएको समाचार गल्फ टाइम्सको 'कम्युनिटि' सप्लिमेन्टमा प्रकाशित भएको हो ।

अन्तवार्तामा भट्टराईले अरबी र खासगरी कतारी पर्यटकहरुलाई लक्षित गरेर नेपाली पर्यटनको प्रचार गरेका छन  । उनले भनेका छन, 'हामीसँग हलाल प्रमाणित धेरै होटल तथा रेस्टुरेन्टहरु छन  ।

नेपालमा पाँच प्रतिशत जनसंख्या मुस्लिम छ र धेरै मुस्लिम नेपाल भ्रमणमा आउने गर्छन् । हामी उनीहरुको संस्कार, खाना र परिकारमा सचेत छौँ ।'

मन्त्री भट्टराईले नेपाल धर्म, जाति, भूगोल, बोटविरुवा, वन्यजन्तु, संस्कृति, खानपान र चाडपर्वहरुमा विविधता भएको बताएका छन ।
 
उनले भनेका छन, 'नेपालमा ४० डिग्री तापक्रम रहेको स्थानबाट आधा घन्टाको उडानमा शून्य भन्दा थोरै तापक्रम भएको स्थानमा पुगिन्छ । राजधानीबाट १५ मिनेटको उडानमा जंगल सफारी गर्ने ठाउँदेखि गैंडा भएको निकुञ्जसम्म पुगिन्छ ।'

भ्रमण बर्ष २०२० को लागि थप आगन्तुकहरु ल्याउन नेपालमा पूर्वाधार विकासमा भइरहेको बताएका मन्त्रीले भनेका छन्, 'हामी गौतम बुद्ध, पोखरा र निजगढ नामका एयरपोर्टहरु निर्माण गर्दैछौँ भने आन्तरिक विमानस्थलको क्षमता अभिबृद्धिका कामहरु पनि गर्दैछौँ ।'



लक्ष्य पर्यटक

कतारको जनसंख्या करिब २७ लाख छ, जसमध्ये कतारी नागरिक करिब साढे तीन लाख छन् भने बाँकी आप्रवासी कामदार ।

विश्वको सबैभन्दा धेरै प्रतिव्याक्ति आय भएको देश हो यो । कतारको नेसनल टुरिजम काउन्सिलका अनुसार सन् २०१८ मा कतारमा १८ लाख १९ हजार पर्यटकहरु पुगेका थिए ।
 
कतारको एअरलाईन्स कम्पनी कतार एयरवेजले  छ । कतार एयरवेजले ८७  देशका १६० भन्दा धेरै गन्तव्यमा उडान भर्छ । 

कतारको एक्लो अन्तराष्ट्रिय विमानस्थल हमाद विमानस्थलबाट सन २०१८ मा ३ करोड ४५ लाख यात्रुले यात्रा गरेका थिए ।

कतार आवागमन गर्ने यो जनसंख्यालाई नेपाली पर्यटनको सामान्य जानकारी मात्रै पुगेमा पनि नेपाललाई धेरै फाइदा पुग्ने गल्फ टाइम्सकी पत्रकार उषा वाग्ले बताउँछिन ।
 
उनी भन्छिन, 'गल्फ टाइम्सका प्रकाशित समाचारले कतारका जनता र यहाँ आउने पर्यटकहरुमाझ नेपालबारेको सूचना पुर्‍याउने छ।'

पढ्नुहोस् गल्फ टाइम्समा छापिएको यो समाचार Come to Nepal 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।