शुक्रबार, साउन २९, २०८३

अझै वर्षा नरोकिने : यस्तो हुनेछ दुई दिनको मौसम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बिहीबार (आज)बाट मौसम सामान्य सुधार आएपनि वर्षाको क्रम भने अझै नरोकिने भएको  छ। 

लगातार वर्षा नभएपनि ठाउँ ठाउँमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरूमा मेघ गर्जन÷चट्टयांग सहितको वर्षा हुने महाशाखाले जारी गरेको सुचनामा भनिएको छ । 

मध्य र पश्चिमि भू–भागका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा  नदिहरुमा  पानीको वहाब बढ्न सक्ने, सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्क हुन पनि महाशाखाले अपिल गरेको छ । 

अहिले काठमाडौँ उपत्यकासहति देशको मध्य क्षेत्रमा मौसम बदलीको अबस्था छ। उपत्यकासहति कतिपय ठाउँमा सामान्य पानी परिरहेको छ।

दिउँसोदेखि क्रमशः मौसम खुल्दै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । बिहानैदेखि पूर्व र सुदूरपश्चिम क्षेत्रमा भने मौसम सफा भएको छ।

कतिपय ठाउँमा बिहानैदेखि घाम लागिरहेको छ। केही दिनदेखि मनसुन सक्रिय भएका कारण देशभर तीन दिनदेखि वर्षा भएको थियो । 

बुधबार काठमाडौँ उपत्यकामा १० मिलिलिटर वर्षा भएको छ। बुधबार सबैभन्दा बढी जकपुरमा ९४ मिलिलिटर वर्षा भएको छ। 

त्यसैगरी सुर्खेतमा ६८, विराटनगरमा ८५, जिरीमा ४३ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो हुनेछ आगामी  दुई दिनको मौसम

असोज ०२ गते (बिहिबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्वका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०३ गते (शुक्रबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा  मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती:  देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका  थोरै स्थानहरुमा  र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।