बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • 'बलात्कारी मन्त्री चाहिँदैन' भन्दै कर्णालीमा मुख्यमन्त्री कार्यालय घेराउ

'बलात्कारी मन्त्री चाहिँदैन' भन्दै कर्णालीमा मुख्यमन्त्री कार्यालय घेराउ

युवा संघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

सुर्खेत– युवा संघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ।

National life

बलात्कारको आरोप लागेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बरखास्तीको माग गर्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन्। 

एमाले पार्टी कार्यालयबाट जुलुससहित मुख्यमन्त्री कार्यालय पुगेका उनीहरुले बलात्कारी मन्त्री चाहिँदैन, मन्त्रीलाई बरखास्ती गर जस्ता नारा जुलुस गरिरहेका छन्।

एक महिलाले २०७६ माघमा मन्त्री शाहीले बलात्कार गरेको आरोप लगाएकी थिइन्। घटनाबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि भने ती महिलाले मन्त्रीमाथिको आरोप निराधार भएको प्रतिक्रिया दिएकी छन्।

मन्त्रीको सचिवालले घटनाको कुनै सत्यता नभएको दाबी गर्दै आएको छ। सचिवालयले ती महिलाले आर्थिक लाभका लागि मन्त्रीलाई बलात्कार आरोप लगाएको बताउँदै आएको छ। घटना बाहिरएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मन्त्रीले नैतिकताका आधारमा मन्त्रीलाई बरखास्त गर्न माग गरेको छ।

Shivam cement

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेको छ। सुर्खेतका विभिन्न संघसंगठनले पनि बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधार राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: Aug 29, 2021| 15:23 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।