शुक्रबार, साउन २९, २०८३

एक किलो चियाको मूल्य ३५ हजार !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इलाम- इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो। यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ।

पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन्।  यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पुर्‍याइन्छ। 

यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ। कुनै चिया यतिसम्म महङ्गो हुन्छ कि जो कोही स्वदेशी ग्राहकले किन्नसमेत सक्दैनन्। इलामको जस्बीरे टी प्रशोधन उद्योगमा बन्ने एक प्रकारको चियालाई किलोकै रु ३५ हजारसम्म पर्छ।

यो प्रकारको चियाले स्वदेशभन्दा पनि विदेशमा बढी बजार पाउने गरेको छ। “हामी कहाँ ग्लोमिन टी प्रकारको चिया चाहिँ रु ३५ हजार किलोसम्म बेच्ने गरिन्छ” उद्योगका सञ्चालक शरद सुब्बाले भने, “यो चिया विदेशमा भने धेरै बिक्छ।” 

उनका अनुसार यो चिया बनाउनका लागि पनि निक्कै मेहनत लाग्छ। उज्यालो÷अँध्यारो, प्रकाश र ताप मिलाएर निर्माण गर्न सकिने यो चिया अत्यन्तै कष्टपूर्ण तरिकाले बनाउनुपर्दा मूल्यसमेत महङ्गो परेको सुब्बाको भनाइ छ।

“यो चिया नेपालमा त बिक्री हुँदै हुँदैन। यो चियालाई अत्यन्तै मेहनत गरेर हामीले हातले बनाइन्छ।” उनले उक्त चिया स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले पनि विदेशमा माग बढी रहेको बताए। सुब्बाका अनुसार अरू तयारी चियाको बजार पनि विदेशमै बढिरहेको छ।

विदेशमा ‘एल्लो टी’ लाई रु एक हजार ५००, ‘ह्वाइट टी’ लाई रु चार हजार, ‘सिल्भर टी’ लाई रु १० हजार, ‘रोस्टेड ग्रिन टी’लाई रु दुई हजार, ‘ब्लाक ओगल टी’लाई रु पाँच हजार, ‘हिमालय गोल्ड’लाई रु पाँच हजार प्रतिकिलो पर्छ। 

सुब्बाले स्वादका लागि मात्र नभई विदेशीले स्वास्थ्यका लागि पनि चिया पिउने गरेकाले उद्योगबाट उत्पादित चिया धेरै रुचाउने गरेको जानकारी दिए। “सरकारले नै यस्तो किसिमको चिया खाँदा उपयुक्त हुन्छ भनेर तोकिदिएको हुन्छ । त्यसैले महङ्गै भए पनि धेरैले किन्छन्”, सुब्बाले भने। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।