शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्को अधिवेशन आजबाट सकिदै, प्रधानमन्‍त्रीले सम्बोधन गर्ने

संसद्को अधिवेशन आजबाट सकिदै, प्रधानमन्‍त्रीले सम्बोधन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

दिउँसो साढे दुई बजे बस्ने संयुक्त बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । 

सिंगापुर गएर मृगौलाको उपचार गराएर फर्किएपछि उनले पहिलो पटक संसद्मा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन् । 

उनले सम्बोधनका क्रममा आफ्नो स्वास्थ्य अवस्था र उपचारको विषयमा पनि जानकारी गराउने भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले भदौ १ गते संसद्मा सम्बोधन गरेका थिए ।
 
 आज बस्ने प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समय भने हटाइएको छ। 

दुबै सदनको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेसँगै आज राति १२ बजेबाट बजेट अधिवेशन सकिनेछ । हाल रहेको अधिवेशन बजेट अधिवेशन हो। यो अधिवेशनबाट बजेट पास भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।