शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारलाई तलब र दशैँ भत्ता दिन पत्रकार महासंघको आह्वान

पत्रकारलाई तलब र दशैँ भत्ता दिन पत्रकार महासंघको आह्वान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णय गरेको छ।

महासंघको बुधबार बसेको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोख्रेलको र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ।

दुबै समितिले तत्कालै सञ्चार प्रतिष्ठानहरुमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने निर्णय गरेको महासंघद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

महासंघका कार्यबहाक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले नेपालीहरुको महान चाड वडादशै नजिकिरहेको सन्दर्भमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई उपलबध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न आहृवानसमेत गरेको छ।

श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा महासंघ लामो समयदेखि संघर्षरत रहेको बिज्ञप्तिमा उल्लेख छ।

यस्तै रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्बहाली गर्न बैठकले माग गरेको छ। 

पत्रकारहरुको पुनर्बहालीको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ। आन्दोलनका थप कार्यक्रम अन्तर्गत रेडियो नेपालका सबै प्रदेश प्रसारण केन्द्रमा धर्ना दिने र काठमाडौंमा प्रदर्शन गर्ने निर्णय पनि महासंघले गरेको छ।

रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निष्कासित पत्रकारहरुका सम्बन्धमा छलफल गर्न गएको महासंघ टोलीलाई रेडियो व्यवस्थापनले प्रहरी लगाएर पक्राउ गरिएको घटनाको महासंघले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ। छलफलका क्रममा समेत व्यवस्थापन पक्ष गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएकोमा महासंघले खेदव्यक्त गरेको छ।

यस्तै समाचार संकलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाई गर्दै झन्झटिलो व्यवस्था गरिएको प्रति महासंघले आपत्ति प्रकट गरेको छ। समाचार संकलनका लागि सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघले सरकारसँग आग्रहसमेत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।