मंगलबार, मंसिर १९, २०८०

खगेन्द्र सङ्ग्रौलाकाे अनुवादमा डा. रूइतको जीवनी आउँदै

 |  आइतबार, पुस १६, २०७४
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

sagarmatha cement
काठमाडौं- विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ सार्वजनिक हुने भएको छ। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्। किताब आगामी असोज ११ गते सार्वजनिक हुने भएको हो।

म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार पाएका डा. रुइतले भने, ‘अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छु। मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु।’

पुस्तक अनुवादक खगेन्द्र सङ्ग्रौला भन्छन्, ‘सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो। रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ। यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्।’

प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो। यो हामीले उनलाई गर्न सक्ने सम्मान पनि हो। मलाई लाग्छ, जोन उडको ’माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्म’ले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ।’

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो। उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो।
डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।