शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाको निर्देशन, ‘नागरिकता विधेयक हुबहु पारित नहोस्’

देउवाको निर्देशन, ‘नागरिकता विधेयक हुबहु पारित नहोस्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिकता विधेयक हुबहु पारित हुन नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन्।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले नागरिकता विधेयक जस्ताको तस्तै पारित हुन नदिने निर्देशन दिएका हुन्।

“अहिलेको नागरिकता विधेयक हुबहु पारित हुनु हुँदैन, यसले ठूलो समस्या ल्याउँछ,” सभापति देउवाले दलको बैठकमा सांसदहरुलाई निर्देशन दिदै भने,” यो विधेयक बल प्रयोग गरेर पारित गर्न खोजिए तपाईहरु प्रतिकार गर्नुस्।”

नागरिकता विधेयकमा सत्तारुढ दलका सांसदहरुले थप्न लगाएको प्रावधानसहित पारित हुन नदिइने आफूहरुको अडान रहेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनाए।
उनले भने, “सभापतिज्यूले पनि त्यस्तै निर्देशन दिएको भएको छ ।”

सरकारले एक वर्षअघि संसदमा दर्ता गराएको नागरिकता विधेयक अहिले राज्य व्यवस्था समितिमा छलफलको क्रममा छ।

सरकारले असोजको पहिलो साता नै उक्त विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ।

नागरिकता विधेयकमा रहेको नेपालीसँग विवाह गरेका विदेशी महिला वा पुरुषले ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्ने प्रवाधानमा मुख्य विवाद छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।