शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालविवाह हुने क्षेत्रमा परिवार नियोजनका साधन पुर्‍याउनुपर्छ : राज्यमन्त्री यादव

बालविवाह हुने क्षेत्रमा परिवार नियोजनका साधन पुर्‍याउनुपर्छ : राज्यमन्त्री यादव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नहुने कानुन बने पनि सो कानुन पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।

छैटौँ राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, परिवार महाशाखा र स्वास्थ्य सेवा विभागले गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले बालविवाह हुने ठाउँहरूमा परिवार योजनाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनु पर्ने बताए। 

कानुन विपरित विवाह हुने भए पनि किशोरीको स्वास्थ्यलाई ध्यानमा राख्दै बालविवाह हुने क्षेत्रको पहिचान गरी परिवार नियोजनका साधनहरुको प्रभावकारी पहुँच हुनुपर्ने बताए।

अझै पनि १५ प्रतिशत भन्दा बढी बालविवाहको तथ्याङ्क रहेको बताउँदै बालविवाह हुने क्षेत्रमा परिवार नियोजनको अस्थायी साधनहरू पुर्‍याउनुपर्ने राज्यमन्त्री यादवको बताउँछन्।  

सरकारले परिवार योजना सेवालाई गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउने तथा विशेष गरी दुर्गम, जनजाति, दलित तथा पिछडिएका वर्गलाई लक्षित गरी सेवाको पहुँच पु¥याउने लक्ष्य लिएको मन्त्री यादव बताउँछन्।

परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार नेपालमा अझै पनि २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नेमध्ये १५ प्रतिशतले मात्रै परिवार नियोजनको आधुनिक साधनको प्रयोग गरेको पाइएको छ। साथै १७ प्रतिशत किशोरीहरू उमेर नपुग्दै आमा बनेका छन्। अनिच्छित गर्भले असुरक्षित गर्भपतनको जोखिम बढ्ने र शिशु तथा मातृ मृत्युको जोखिम बढ्ने उनी बताउँछन्।

परिवार कल्याण महाशाखाका निर्देशक भिमसेन तिंकरीका अनुसार २० वर्षभन्दा कम उमेरको गर्भले किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा अत्याधिक समस्या पैदा गरेको बताउँदै परिवार नियोजनका साधनको प्रयोगलाई बढाउनुपर्ने बताए।

परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्छ भन्ने ज्ञान धेरैलाई भए पनि प्रयोगको दरमा भने कमी आएको निर्देशक तिंकरी बताउँछन्।

किशोरकिशोरीको सहभागिता परिवार योजना सेवाको सुनिश्चितता भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना दिवस देशका ७५३ वटै स्थानीय तहमा मनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।