शुक्रबार, साउन २९, २०८३

वर्षाले आन्तरिक उडान प्रभावित  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सोमबारदेखि देशभर भइरहेको अविरल बर्षाका कारण आन्तरिक तर्फका विमानको उडान प्रभावित बनेको छ।

खराब मौसमका कारण काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौं नै फर्किएको छ। त्यस्तै पोखराबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको विमान भैरहवामा अवतरण हुन नसकेपछि भरतपुर विमानथलमा अवतरण गराइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार आन्तरिक तर्फका केही उडानमा समस्या देखिएको छ। पोखरा तथा भैरहवाबाट हुने उडान रोकिएका छन्।

अन्तर्राष्ट्रिय उडान भने सुचारु रहेको त्रिभुवन विमानस्थलले जनाएको छ। वर्षाका कारण मंगलबार सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेका ७ वटा हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा आकस्मिक अवतरण गरिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।