शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निगम सुधार समितिको सुझाव : रणनीतिक विदेशी साझेदार भित्र्याउ

निगम सुधार समितिको सुझाव : रणनीतिक विदेशी साझेदार भित्र्याउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा रुपान्तरण गरी विदेशी साझेदार भित्र्याउन सकिने निगम सुधार समितिले सुझाव दिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफू पर्यटनमन्त्री हुनेवित्तिकै गठन गरेको सुझाव समितिले एक महिना लगाएर गरेको अध्ययन अनुसार निगमलाई विश्वमा प्रतिष्पर्धामा लैजानको लागि पब्लिक लिमिटेड कम्पनीको रुपमा लगेर रणनीतिक विदेशी साझेदार भित्र्याउन आवश्यक रहेको सुझाव दिएको हो।
 
पब्लिक लिमिटेड कम्पनीको रुपमा निगमलाई लगेर विदेशी रणनीतिक साझेदार भित्र्याएपछि कम्पनी अटोनोमी हुने र ठूलो लगानी आउन सक्ने समितिको सुझाव छ।
 
सुझाव समितिले निगममा सरकार परिवर्तन भएसँगै  सञ्चालकमाथि पनि हस्तक्षेप हुने हुँदा समिति कमजोर हुने भएकोले पब्लिक लिमिटेडमा जाँदा कम्पनी थप सशक्त हुने दाबी गरेको छ।

निगममा विदेशी साझेदार भित्रिएपछि कर्मचारीहरुले उनीहरुबाट ज्ञान र सिप सिक्न सक्ने र भविष्यमा आफैंले निगम चलाउन सक्ने भएकोले सो सुझाव लागू गर्न समितिका संयोजक शुशिल घिमिरेले आग्रह गरे।
 
मन्त्रालयलद्वारा बुधबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वपर्यटन सचिवसमेत रहेका घिमिरेले निगमले हेलिकप्टर पनि किनेर सञ्चालक गर्नुपर्ने सुझाव दिए। उनले हेलिकप्टर उडानमा निजी क्षेत्रको एकछत्र राज हुँदा सेवामुखी भाव नभएको भन्दै निगमले अब हेलिकप्टर किनेर सञ्चालन गर्नुपर्ने बताए।
 
त्यसैगरी समितिले आगामी दिनमा निगमले जहाज किन्दा एक जहाज खरिद समिति बनाउने र त्यसमा सरकारको तर्फबाट एकजना, संसदको सार्वजनिक खरिद समितिको तर्फबाट एक जना गरी समिति बनाएर सोही समितिले प्रत्यक्ष रुपमा जहाज निर्माण कम्पनीसँगै बार्गेनिङ गर्नुपर्ने सुझाव दिएको छ। 

पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले नेपालको बर्चस्व कायम नै हुने गरी रणनीतिक विदेशी साझेदारलाई भित्र्याउने बताउँदै प्रतिवेदनले दिएका सुझावहरु सञ्चालक समितिको बैठकबाट निर्णय गरी लागु गरिने बताए।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटनमन्त्री बनाउँदा निगम सुधारको लागि रणनीतिक साझेदार ल्याएर भएपनि निगमलाई प्रतिस्पर्धी बनाउने गरि काम गर्ने मूख्य जिम्मेवारी दिएका थिए। त्यही जिम्मेवारी अनुसार भट्टराईले अध्ययन समिति बनाएका हुन्।

समितिले रणनीत साझेदार भित्र्याउँदा डिडिए गरी कति प्रतिशत शेयर सरकारको रहने भन्ने विषयमा समेत सुझाव दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।