शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्री भन्छन् : डेंगुलाई लिएर आपत्‌काल घोषणा गर्ने अवस्था छैन

स्वास्थ्य मन्त्री भन्छन् : डेंगुलाई लिएर आपत्‌काल घोषणा गर्ने अवस्था छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगुको विषयमा आपत्‌काल घोषणा गर्नुपर्ने अवस्था भइनसकेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा डेंगुको विषयमा जानकारी गराउँदै मन्त्री यादवले डेंगु विश्वकै समस्या भएकोले नेपालमा अहिले नै आपत्‌काल घोषणा गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका हुन्।

साउन १ गतेदेखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ व्यक्ति संक्रमित भएको जानकारी दिँदै मन्त्री यादवले ६ जनाको मृत्यु भएको बताए। उनले विभिन्न हेल्पडेस्कमार्फत डेंगु नियन्त्रणका लागि सूचना दिने  र औषधिहरुको व्यवस्था भइरहेको जनाए।

सबै प्रभावित क्षेत्रमा ‘सबैको साथ डेंगुको नास’नाराका साथ अभियान चलाउने यादवले बताए। विद्यालयलगायतका क्षेत्रहरुमा पनि यो अभियान चलाइने उनले जनाए।

महिला स्वयमसेविका मार्फत अभियान चलाउने, सूचनामूलक समाग्री सम्प्रेषण गर्ने मन्त्री यादवले बताए।

‘डेंगु ५० वर्षमा ३० गुणाले बढेको छ। १ सय २८ मुलुकका मानिस जोखिममा छन्। यो नेपालको समस्या मात्रै होइन। विकसित मुलुकको पनि चुनौती छ। हामी यो रोग नियन्त्रण गर्न सक्षम छौं।’ यादवले भने।

यस आर्थिक वर्षमा नेपाल सरकारले रोग नियन्त्रणका लागि स्थानीय निकायमार्फत एक करोड ६६ लाख रकम र प्रदेशमा ६ करोड १७ लाख पठाएको यादवले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।