शुक्रबार, साउन २९, २०८३

पुतली बगैंचामा संसद भवन, ओलीले गरे शिलान्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहरदबारभित्र बनाउन लागिएको संघीय संसद भवनको शिलान्यास गरेका छन्। शहरी विकास मन्त्रालयका अनुसार ७ अर्ब ७३ करोड लागत अनुमान गरिएको उक्त भवन निर्माणको बुधबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।

सिंहदबारस्थित पुतली बगैंचामा सरकारले संसद भवन निर्माण थालेकों हो। मन्त्रालयका अनुसार आधुनिक र प्रविधिमैत्री हुने बताइएको संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिने छ। शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुने र तीन वर्षभित्र सक्ने योजना रहेको छ।

आफ्नै भवन नहुँदा सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालदेखि भाडा तिरेर संसद भवनका रूपमा प्रयोग गर्दै आएको छ। यसमा बर्सेनि १५ करोड खर्च भइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।