शुक्रबार, साउन २९, २०८३

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  चितवन मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि शुरु भएको विद्यार्थीले आन्दोलनका कारण उक्त कलेजमा १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । 

चितवन मेडिकल कलेजका २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।  मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेकै कारण आन्दोलन गर्नुपरेको र शुल्क नघटेसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन् । 

मुख्यरुपमा एमबीबीएस अध्ययनरत विद्यार्थीसँग सरकारले तोकेभन्दा रु १२ लाख बढी कलेजले असुल गरेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । 

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको जानकारी दिंदै कलेजले यसका अतिरिक्त परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु ६ लाख मात्र अतिरिक्त शुल्क लिइएको बताए । 

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिको अध्ययन टोलीले रजिष्ट्रेशन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क समेत लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको प्राडा न्यौपानेको भनाइ छ । 

शिक्षा मन्त्रालयले गएको ८ चैतमा मेडिकल कलेजहरुलाई उनीहरुले सरकारबाट तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भन्दै उक्त बढी शुल्क एक महिनाभित्रै फिर्ता गर्न भनेको थियो ।  कलेजहरुले उक्त शुल्क पनि फिर्ता गरेका छैनन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।