शुक्रबार, साउन २९, २०८३

७० वर्षीय महिला हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- स्थानीय ७० वर्षीय महिलाको हत्या अभियोग लागेपछि फरार भएका व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले १७ वर्षपछि पक्राउ गरेको छ। 

सिआइबीले नुवाकोट, ककनी-७, सिम्लेका भरत सुनारलाई गोप्य सूचनाका आधारमा चितवन, राप्ती नगरपालिका-७, भवानी बजारबाट पक्राउ गरेको हो। 

सुनारलाई स्थानीय ७० वर्षीय पदमकुमारी गुरुङको हत्या गरेको अभियोग लागेको छ। 

२०५९ माघ २१ राति स्थानीय लालबहादुर तामाङको छोराको छेवर (व्रतबन्धअगाडि कपाल काट्ने कार्यक्रम)मा गएकी गुरुङको शव मकैबारीमा भेटिएको थियो । उनको सोही राति ढुंगाले हानेर हत्या गरिएको प्रहरीको आशंका छ । उनको शरीरको तल्लो भाग निर्वस्त्र अवस्था फेला परेको थियो । घटनास्थलबाट सुनारको कालो पाइन्ट, खैरो पेटी तथा घडी फेला परेको थियो। 

शव भेटिएलगत्तै मृतकका छोराले भरतविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनी फरार भएका थिए। त्यसयता उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए। 

घटनाको थप अनुसन्धानका लागि सुनारलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोट पठाइएको सिआइबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए । 
 
 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।