काठमाडौं- संघीय संसद भवन शिलान्यासका कारण आजको प्रतिनिधिसभा बैठक सरेको छ।
दिउँसो ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक १ बजेका लागि सरेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जनाएका छन्।
सिंहदरबारमा निर्माण हुन लागेको संसद भवनको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन्।
कार्यक्रममा सभामुख पनि सहभागी हुनु पर्ने भएकाले बैठक सरेको मल्लले जनाए।
अहिले संघीय संसद् चिनियाँ सरकारले बनाएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालित छ। जसका लागि संसद्ले वर्षेनी भाडा तिर्दै आएको छ।
संसद भवन निर्माणपछि संघीय संसद सिंहदरबारमै सर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४