शुक्रबार, साउन २९, २०८३

आज विश्वकर्मा पूजा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- असाेज संक्रान्तिका दिन आज ‘निर्माणका देवता’ मानिने भगवान विश्वकर्माको धुमधामसँग पूजाआजा गरिँदैछ । यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । 

यस दिन कलकारखाना, यन्त्र, औजार, सवारीसाधनलगायतको पूजा गरिन्छ । ज्योतिषीका अनुसार पूजाको शुभ साइत बिहान ७ः१७ देखि ३ः१५ सम्म रहेको छ । 

को हुन् भगवान विश्वकर्मा ? 

पौराणिक कालमा भगवान विश्वकर्माले देवताका लागि भव्य महल, हतियार तथा सिंहाशन बनाएको मान्यता छ । उनले भगवान शिवका लागि त्रिशूल, भगवान विष्णुका लागि सुदर्शन चक्र, स्वर्गलोकका राजा इन्द्रका लागि बज्र, यमराजका लागि कालदण्डलगायत बनाएका थिए । यस्तै, रावणको लंका, कृष्णका लागि द्वारिका नगरी, पाण्डवका लागि इन्द्रप्रस्थ नगरी बनाएको हिन्दू धर्मग्रन्थमा उल्लेख छ । 

यसै श्रद्धाभावले विश्वकर्माको पूजा गर्ने परम्परा बसेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।