काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
नागरिक दैनिकले काम नगर्ने ठेकेदार १८४८, कालो सूचीमा ५८ मात्रै शीर्षकको समाचारलाई मुख्य बनाएको छ।
नागरिक लेख्छ- राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षाैंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको छ। कानुन अनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो।
मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग भएको देखाएको थियो। तर, अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्रै कालो सूचीमा राखिएको छ।
अन्नपूर्ण पोस्ट दैनिकले गोठमा प्रहरी, सुरक्षा कसरी ? शीर्षकको समाचारलाई बक्ससहित छापेको छ। समाचारमा सुदूरपश्चिमका प्रहरी कार्यालयको जीर्ण अवस्थाका कारण प्रहरीले भोग्नुपरेको समस्या बताइएको छ।
नयाँ पत्रिका दैनिकले आकाशमा पनि नेताको अत्याचार शीर्षकको समाचारलाई मुख्य बनाएको छ।
नयाँ पत्रिकाका अनुसार जनताबाट चुनिएका ‘ठूला नेता’ले सडक मात्रै होइन, आकाशसमेत खाली गराएर जनतालाई बेलाबेला सास्ती दिइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४